गोरखामा काँग्रेस मेयरका उम्मेदवारमाथि हातपात
पोखरा
नेपाली काँग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ ।
आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रोशित भिडले उनीमाथि हातपात गरेका हुन् । यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरेका गरेका थिए ।
काँग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा दोहोर्याउन पर्ने माग गरिरहेका थिए ।