हिमाली जिल्ला मनाङमा २०९ जना उमेदवारी
पोखरा
स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ ।
चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एक जनाको मात्र मनोनयन परेको छ ।
मनाङका वडाअध्यक्षका लागि ४८ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उमेदवारी परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।