मनाङकामा बढ्यो निर्वाचन मानिसको चहलपहल 



पोखरा

हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ ।

निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ । स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन् ।

स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । विषेशगरी यसअघि काठमाडाैं बसेका मनाङबासी अहिल गाउँ फर्किएर चुनावी अभियानमा लागेका छन् ।

-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja