पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध



पोखरा

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja