नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीको जित
पोखरा
नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् ।
तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए ।
उपाध्यमा निर्वाचित मिठुमायाले ४ हजार १७४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी प्रमिसा तामाङले ३ हजार ८ ३० मत ल्याइन् ।