पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ
पोखरा
कास्की प्रहरीले पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले नक्कली परिचय पत्र भिरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।
जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेर प्रवेश गर्ने रुपा गाउँपालिका ५ का डिल्लीराम तिवारी रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार तिवारी नेकपा एमालेका कार्यकर्ता हुन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए ।