तनहुँमा सालको काठसहित ४ जना पक्राउ 



पोखरा

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका -३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका -६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, सोही नगरपालिका-६ नौबिसे बस्ने २५ वर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका-७ बस्ने ३२ वर्षीय सोम बहादुर नेपाली रहेका छन् ।

प्रहरीका अनुसार शुक्लागण्डकी -७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट उक्त सालको काठ उनीहरूले ग १ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले फेला पारी काठ लोड भएको ट्याक्टर सहित उनीहरूलाई पक्राउ गरेको हो । हाल उनीहरूलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja