चालक लाइसेन्स का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला
पोखरा
यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला गरेको छ ।
विभागले आज सुचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरू रद्द गरी सोमबारबाट अनलाइन आवेदन प्रणाली शुरु गरेको हो ।
विभागका अनुसार नयाँ सवारी चालक अनुमति पत्र प्राप्तका लागि विभागले तोकेको वेवसाइटमा लगईन गरी नयाँ आवेदन फाराम भर्न सक्नेछन् । विभागले अहिले नयाँ प्रविधिको विकास गरेको छ ।
जसबाट सहजै सेवाग्राहीले सेवा प्रदान गर्ने सक्नेछन् । अबदेखि सेवाग्राहीले नै अनलाइनबाट फाराम भरी आवश्यक दस्तुर र ट्रायलको लागि मिति लिन सक्नेछन् ।