बैंकिङ कसुर मुद्दाका फरार गोरखाकी महिला पक्राउ



पोखरा

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएकी ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja