एमाले कास्कीद्धारा तीन जना कार्यकर्ता निलम्वित
पोखरा
नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ ।
पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कार्वाही गरेको उल्ले गरेका छन् । पार्टीबाट निलम्वित हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल, पोखरा-३३ का सदस्य प्रशान्त अर्याल र पोखरा-२१ का सदस्य मनोज पहारी छन् ।