मुस्ताङमा१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी, एक जना पक्राउ
पोखरा
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ चैले बस्ने २९ वर्षीय राजन बिक रहेका छन् ।
प्रहरीका अनुसार बिकले ती किशोरीलाई सोही गाउँपालिका -३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले सोमबार साँझ घरपझोङ गाउँपालिका -४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।