तनहुँमा जिपको ठक्करबाट दुई जनाको मृत्यु



पोखरा

तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २३ वर्षीय दीपेश गोलेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

यसैगरी प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङमा गएराति सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja