झण्डै ४७ वर्षपछि पोखरा बसपार्कको रुप फेरिँदै
पोखरा
जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै पोखरा बसपार्कको रुप फेरिँदैछ । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ ।पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए ।
यसैबीच पोखरा बसपार्कको मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए ।