पोखराको ड्यामसाइडबाट ४६ लाख रूपैयाँसहित ३ चिनियाँ र १ नेपाली पक्राउ
पोखरा
पोखराको लेकसाइड एरिया ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्।
शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा श्राेत नखुलेकाे ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्की प्रहरी श्राेतले जनाएकाे छ । पक्राउ पर्ने नेपालीमा नुवाकाेट ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्।
ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको प्रहरीकाे भनाइ छ । कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।अहिलेसम्म उनीहरूले कुनै पनि कागजात देखाउन सकेका छैनन् ।