पोखरामा सवारी दुर्घटना, तीन जना घाइते
पोखरा
पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् । प्रताप र छोरीको अवस्था सामान्य रहेपनि रमाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रमाको रमाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालाको सघन उपचार कक्षामा उपचार भइरहेको बताइन्छ ।
पोखरा महानगरपालिका वडा नं. ३२ मजुवामा प्रताप सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रतापको परिवार पोखराबाट तनहुँको भिमादतर्फ जानेक्रममा दुर्घटना भएको बताइन्छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।