पहिरोका कारण बागलुङमा ५ परिवार विस्थापित
पोखरा
पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । अहिले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्।