भन्सार छलेर ल्याएको ५४ लाख बराबरको चिनी र कपडा बरामद



File Image

पोखरा

भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी र कपडा प्रहरीले अरुणखोलाबाट बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याइएको १९ सय १७ पिस सर्ट र ४ सय १८ बोरा चिनी सोमबार बिहान बरामद गरिएको हो ।दुवै सामानको प्रचलित बजार मूल्य ५४ लाख ३६ हजार बराबरको रहेको प्रहरीको भनाइ छ ।

बरामद भएको सामान अनुसन्धानका लागि राजस्व कार्यालय रुपन्देही पठाइएको छ । सामान कसले ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेकाले कारोबारमा संलग्न व्यक्तिका बारेमा पछि जानकारी दिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja