गोरखाको स्याम्चेतमा पहिरोले ४० घर उच्च जोखिममा



पोखरा

आरुघाट गाउँपालिका-१ स्याम्चेतमा बुधबार साँझ गएको पहिरोले त्यहाँका ४० घर उच्च जोखिममा परेका छन् । 

एक घर र दुई धन्सारमा पहिरोले क्षति पुर्‍याएको छ । बस्तीले जोखिममा परेका घरका लत्ताकपडा र अन्नपात बिहीबार बिहानबाट सुरक्षित स्थानमा सारिएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा जनप्रतिनिधि र स्थानीयको सहयोगमा पहिरोमा फसेका पशु चौपाया र अन्नपात झिकेको उनले बताए । स्याम्चेतको तल्लो र माथिल्लो टोलको दायाँ र बायाँ बगेको पहिरोको बिचमा १८ घर विस्थापित बनेका छन् । गुरुङका अनुसार पहिरो नजिकैका २२ घर पनि उच्च जोखिममा छन् ।

‘पहिरो आसपासका सबै घर सार्छौं,’ अध्यक्ष गुरुङले भने । बुधबार साँझको पहिरोले रसबहादुर लामाको घर र धन्सार तथा केशबहादुर लामाको एउटा धन्सार भत्काएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

वस्ती नजिकै पहिरो रहेकाले घरमा बस्न डरमर्दो बनेको स्थानीय शिशिर लामाले बताए । जोखिमयुक्त घरका लत्ताकपडा र अन्नपात भने बिहीबार बिहान मात्र सारिएको स्थानीय शिशिर लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja