कास्कीको याङ्जाकोटमा करेन्ट लागेर ३ वटा चौपायाको मृत्यु
पोखरा
कास्कीको याङ्जाकोट मादी गाउँपालिका वडा नं -३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको दुई वटा भैंसी र एउटा राँगो करेन्ट लागेर मरेको हो।
ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार गुरुङले भैंसी चराउने क्रममा सोही स्थानको चिहानडाँडाको चौरमा रहेको बिजुलीको खम्बामा करेन्ट प्रवाह भएका कारण दुई वटा भैँसी र एउटा ३ वर्षको राँगो बिजुलीको पोलमा टाँसिएर मरेको हो।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।