लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरे
पोखरा
लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।
राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले बताए ।
गत आर्थिक वर्ष ०७७-०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए । जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए ।
लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट ०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन शुरु भएको हो । १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक ९बायोमेट्रिक० गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ ।