पोखरामा सार्वजनिक सवारीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण



पोखरा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चरक मेमोरियल अस्पताल पोखरा र हिमालय आंँखा अस्पतालसंगको समन्वयमा पोखरा अमरसिंह चोकमा सवारी स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरेको हो ।  शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । सवारी चालकहरुको आँखा, ब्लड प्रेसर, सुगर जस्ता रोगको चेकजाँच गरी स्वास्थ्य परामर्श प्रदान गरिएको छ ।

सवारी चालक तथा सहचालकमा आउने स्वास्थ्य समस्याले सडक र सवारी दुर्घटनाको शिकार बन्न नपरोस् भन्ने मुख्य उद्देश्यले शिविर आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja