पोखरा डिहिकोपाटनमा पहिरोले घर पुरिदा १ जना को मृत्यु, २ जना घाइते
पोखरा
पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा गएराति पहिरोले घर पुरिएको छ। सो पहिरोमा पुरिएर २६ वर्षका सन्तोष सुनारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
पहिरोमा परी २६ वर्षकी सुनिता सुनार र १० वर्षकी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल केलजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सुनितताको अवस्था मध्यम र सिम्रन अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
प्रहरीका अनुसार अविरल वर्षापछि घर माथिबाट आएको पहिराले टिनको छानो भएको घर पुरिएको हो । डिएसपी तिवारीका अनुसार राति १ बजे तिर भएको घटनामा प्रहरीले माटो फालेर उनीहरुको उद्धार गरेको थियो ।