म्याग्दीमा पहिरोमा परी एकै परिवारका पाँच जनाकै मृत्यु



पोखरा

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ।

मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको हो। यससँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि बिहान दुई जनाको शव भेटिएको थियो ।

मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विक रहेका छन्। पहिरोमा परेर ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja