नवलपरासीको नमूना विद्यालयमा बाढी पस्दा ४० वटा कम्प्युटरमा क्षति
पोखरा
पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक नमूना माध्यमिक विद्यालयमा मङलबार बाढी पस्दा कोठामा रहेका ४० वटा कम्प्युटरमा क्षति पुगेको बताइएको छ ।
महेन्द्र राजमार्गदेखि उत्तरतर्फबाट आएको बाढीले स्कुलको पर्खाल भत्काउँदा यस्तो क्षति भएको हो । बाढीका कारण अन्य शैक्षिक सामग्रीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् । कक्षा कोठाभित्र ७ फिटसम्म पानी जमेको स्थानीयहरूले बताएका छन् ।