नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पोखरा
पहिरोले अवरुद्ध हुंँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बुधबार बिहान साढे २ बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ।