फिफा विश्वकप २०३० आयोजनाका लागि चार देशको प्रस्ताव
पोखरा
सन् २०३० को फिफा विश्वकप आयोजनाका गर्नका लागि चार देशले प्रस्ताव पेश गरेका छन् ।
चिली, अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश गरेका हुन् । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको एक शताब्दीपछि विश्वकप आयोजना गर्ने चाहना रहेको बताएको छ ।
सन् २०२२ को विश्वकप कतारमा आयोजना हुनेछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्नेछ ।