पोखरा महानगरद्वारा कृषकहरूलाई २० लाख बराबरको अनुदान



पोखरा

पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ ।

मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई पाँच लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् ।

अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा-१३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा-१८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा-३२ र बेगनास बाख्रा पालन समूह पोखरा-३१ रहेका छन् । 

प्रत्येक समूहलाई पाँच लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १०० बढी कृषकहरू लाभान्वित हुनेछन् । सो क्रममा मौजा हिल लाईभस्टक फार्म पोखरा २० का कृषक दुर्गाबहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणा सहित सम्मान गरिएको छ । गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेका छन् । 

यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्महरूमा १०० सय बढीको संख्यामा बाख्राहरू पालिएका छन् ।

कृषकहरूलाई निर्वाहमुखी भन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उनले महानगर कृषकहरूको साथ मै रहेको विश्वास दिलाए । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि कोल्ड स्टोर सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताउँदै प्रमुख आचार्यले महानगरभरि अनुकूलता अनुसारको कृषि व्यवसाय सञ्चालन गर्न सुझाव समेत दिए ।

कृषि तथा पशु बिमामा सबै किसानहरूलाई सामेल हुन अनुरोध गर्दै उनले बिमालाई थप व्यवस्थित गरिने पनि बताए । ग्रामीण क्षेत्रमा बाँदरको आतङ्क रोक्नका लागि उपयुक्त निकास खोजिने उनले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja