गोरखामा पहिरोमा परेर ३५ वर्षीय पुरुषको मृत्यु
पोखरा
उत्तरी गोरखामा खच्चड लैजाँदै गर्दा पहिरोमा परेर धार्चे गाउँपालिका–७ भिरकुनाका ३५ वर्षीय गुरूङको मृत्यु भएको छ।
सिर्दिवासबाट माछीखोलातर्फ खच्चड लैजाँदै गर्दा शुक्रबार धार्चे गाउँपालिका–१ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा ढुंगाले लागेर गम्भीर घाइते भएका थिए। खच्चड धनीसमेत रहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।