पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु, ४ घाइते
पोखरा
सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार विद्युत्को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो । घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना प्रहरीले बताएको छ ।