२० वर्षीय अनिल आलेको हत्याका आरोपी कारागार चलान
पोखरा
जिल्ला अदालतले गोरखा नगरपालिका वडा नं.८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार कारागार चलान गरिएको छ ।
कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा नगरपालिका ८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका वडा नं. ८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर, धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका वडा नं. ८ का ४२ वर्षीय नरेश बुढामगर रहेका छन् ।
गत असार ३० गते बिहान गोरखा वडा नं. ८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आशंका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।