तनहुँमा बसको ठक्करबाट एक बालकको मृत्यु
पोखरा
तनहुँमा सवारी दुर्घटना हुँदा घाइते भएका देवघाट गाउँपालिका वडा ५ क्युदीस्थित देवपुर दासढुङ्गाका ११ वर्षीय रितेश तामाङको आज मृत्यु भएको छ ।
गत साउन १७ गते दासढुङ्गामा ग१क ३०३४ नम्बरको बसको ठक्करबाट रितेश गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।