लमजुङ रामचोक बेंसीमा आगालागी, घर जलेर नष्ट
पोखरा
लमजुङको बेंसीशहर नगरपालिका ११, रामचोक बेंसीमा बस्दै आएकका आइते सार्कीको घरमा मंगलबार बिहान १० बजेको आसपासमा आगालागी हुँदा घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार अन्दाजी साढे ९ बजेको समयमा बेंसीशहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित ७० वर्षीय आइते सार्कीको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भइ घर पूर्ण रुपमा जलेको हो ।
आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार घर सबै जल्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मानवीय तथा पशु चौपायको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।