स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु
पोखरा
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।