तनहुँमा अरिंगालले टोकेर एक जनाको मृत्यु
पोखरा
तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिंगालले टोकेर छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमालको मृत्यु भएको छ ।
सेती नदी किनाराको सिसौ रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा बिहीबार राति अरिंगालले टोकेर घाइते भएका कुमालको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
अरिंगालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि पोखरा पठाइएको थियो ।