ट्होटे पर्वको अवसरमा पोखरा महानगर भित्रका विद्यालयहरूमा स्थानीय बिदा
पोखरा
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते मङ्गलवार स्थानीय बिदा दिएको हो ।
वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।