खरखरे पहिरोका कारण मर्स्याङ्दी र मनाङबासी लाई सास्ती



पोखरा

बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् ।

हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेँसीसहर खुदी सडक निर्माण सुरु भएको थियो ।

सोही वर्ष बेसीशहर- खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए । तर, उक्त खुसी धेरै समय टिक्न पाएन । सोही सालको बर्खामा खरखरेमा ठूलो पहिरो गएर बर्खाभरि यातायात रोकिए ।  यसरी खरखरे पहिरोले यातायात ठप्प हुनेक्रम प्रत्येक वर्ष उही नियति भोगिरहनु परेको छ ।

पहिरोले गाडी रोकिएपछि उत्तरी लमजुङ र मनाङका व्यापारीको सामान लैजान समेत पाएका छैनन् । स्थानीयबासीका दैनिक उपभोग्य वस्तु लैजान पनि धेरै कठिनाइ परेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर हिउँदभर यातायात चलाउने काम मात्रै हुँदै आइरहेको छ । तर, दिगो संरचनासहितको सडक निर्माण गर्ने कुरामा अझै योजना बनेको छैन । सडक डिभिजन कार्यालयले बेँसीसहर चामे सडक फराकिलो बनाउने, नाली बनाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja