पोखराका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना
पोखरा
सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ ।
जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताए ।