घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ४ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।