तनहुँमा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते



पोखरा

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको छ ।

बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बेला उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने सख्त घाइते भएकी छन् । घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो भने भने घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja