अनावश्यक भडकीलोरुपमा तामझाम हुने गरि तीज कार्यक्रम नगर्न प्रशासन कार्यालय कास्कीको आग्रह
पोखरा
अनावश्यक भडकीलोरुपमा तामझाम, तडकभडक तथा खर्चिलो हुने गरि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
यदि ऐन नियम विपरित वा प्रशासनको आग्रहलाई नमाने कानून बमोजिम कारवाही गरिने समेत जारी सूचनामा जनाइएको छ ।