इन्स्पेक्टर जगदीश रेग्मी गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित
पोखरा
जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मी साउन महिनामा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले उनको कामको कदर गर्दै प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । यो उपाधिबाट आफूमा जनताको पक्षमा रहेर, पीडितको पक्षमा काम गर्ने थप हौसला मिलेको रेग्मीले बताए ।
पर्वत जिल्लाको फलेवास नगरपालिका– १०, कुर्घामा स्थायी बसोबास भएका प्रहरी निरीक्षक रेग्मी २०७८ बैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । रेग्मी २०७२ सालबाट खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।