तनहुँमा चितुवाको आक्रमणबाट आमा छोरा घाइते
पोखरा
चितुवाको आक्रमणबाट तनहुँमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ घाइते भएका छन् ।
गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।
नयाँ बन्दै गरेकाले घरमा झ्याल ढोका राख्न नभ्याएका कारण उनीहरू त्यतिकै कोठामा सुत्दैआएका थिए । छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरेको हो । उनीहरूको दमौली अस्पतालमा उपचार गरिएको थियो । अवस्था भने सामान्य रहेको डीएसपी खड्काले बताए । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।