पोखरामा नालामा खसेर ११ बर्षीय बालकको मृत्यु
पोखरा
पोखरामा नालामा खसेर मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ काउरेका ११ बर्षीय रविन तिवारीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति ८ बजे महानगरपालिका वडा नं.१६ मा वर्षा भइरहँदा रविन सडकबाट चिप्लिएर नालमा खसेका थिए । नालामा खसेपछि प्रहरी र स्थानीयले उनको खोजी गर्नेक्रममा करिब एक घण्टापछि अर्थात ९ बजे फेला परेका थिए ।
उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।