पोखराको पावरहाउस चोकस्थित लागुऔषधसहित ४ जना पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लागुऔषधसहित पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घर भइ हाल पोखरा-१६ दीप बस्ने वर्ष २९ का मिलन गुरुङ, वर्ष ४० का सन्तोष गुरुङ र गोरखा भिमसेनथापा गाउँपालिका वडा नं.३ स्थायी घर भइ हाल चितवन रत्ननगर नगरपालिका वडा नं. १३ माधवपुर बस्ने वर्ष २५ का समिर कोइरालालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोकस्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
अजय, मिलन र सन्तोषको साथबाट नुर्फिन ७० एम्पुल, डाईजापाम ७० एम्पुल र फेनरागन ७० एम्पुल गरी जम्मा २१० एम्पुल र समिरको साथबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरि जम्मा ३०० एम्पुल लागू औषध बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जना विरुद्ध कास्की जिल्ला-अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १०/१० दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।