पोखरामा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या 



पोखरा

पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडास्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका छन्। उनिहरुका तीनजना छोराहरु छन्।

कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानमा लोक बहादुरले श्रीमतीलाई टाउकोमा खुकुरी प्रहार गरी आफैलाई पेटमा खुकुरी प्रहार गरेको देखिएको निरिक्षक खड्काले बताए। उनको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja