सेयर बजार १.६७ अंकले ओरालो
पोखरा
सेयर बजार झिनो अंकले ओरालो लागेको छ ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार २ घण्टा खुलेको सेयर बजारको नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । २१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् ।