पोखराको अमरसिंहबाट लागु औषधसहित २ जना पक्राउ
पोखरा
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरातर्फ आउँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा अमरसिंहचोक बाट लागु औषधसहित म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -१ निवासी ३१ वर्षीय नगेन्द्र थापा र बेनी नगरपालिका -७ निवासी २१ वर्षीय सुरेश घर्तीलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुको साथबाट डाईजेपाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल र नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल लागु औषध वरामद गरेको छ। उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।