चीनमा भूकम्प: मृत्यु हुनेको संख्या ६५ पुग्यो
पोखरा
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । उक्त भूकम्पमा परी करिब २५० जना घाइते भएको छ भने १२ जना सम्पर्कविहीन भएको छ। सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।
भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ। भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको जनाइएको छ।
भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। भूकम्पका कारण वस्तीहरुमा सञ्चार सम्पर्क विच्छेद भएको छ भने पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको छ।