पोखराको हेमजामा सार्वजनिक शौचालय



पोखरा

पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न शुरु गरिएको छ ।

हेमजामा रहेको हेमजा मिनि मार्केट र विकास आयल स्टोरमा भएको शौचालयलाई सार्वजनिक गरिएको हो । वडाध्यक्ष मोतीराज तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजी शौचालयलाई सार्वजनिक गरिएको बताए ।

वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्रबाट सहयोग गरेकोमा धन्यवाद दिंदै उनले एक बर्षभित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउँदै अन्य व्यवसायीलाई साझेदार गर्न आग्रह गरे । 

हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको  शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसूस गरेको बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । 

विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजी शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja