लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो
पोखरा
लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको छ।